भारतले अतिक्रमित गरेको भूमि फिर्ता ल्याउन नेपाल सफल हुन्छः प्रधानमन्त्री

,   ६ जेष्ठ २०७७, मंगलवार, ०१:५७ pm   

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमित गरेको नेपाली भूमि फिर्ता गर्न नेपाल सफल हुने बताउनुभएको छ । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गरे ।

उनले भने, “हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।” मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने पनि स्पष्ट गरे । प्रधानमन्त्री ओलीसँग सांसदहरुको प्रश्नोत्तरको क्रम जारी छ ।

aecc