सरकारको नीति तथा कार्यक्रम पास, अब बजेटको तयारी

Advertisement

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७।२०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो।

सभामुख अग्नि सापकोटाले जेठ २ गते संसदमा पेस भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद मिनेन्द्र रिजाल, राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण, समाजवादी पार्टीकी सांसद सरिता गिरी, नेमकिपाका सांसद प्रेम सुवाल, जनमोर्चाकी सांसद दुर्गा पौडेलले हालेको संशोधन बहुमतले अस्विकार गरेपछि खारेज भएको थियो ।

नीति तथा कार्यक्रम पास भएसँगै बजेट आउँदो आर्थिक बर्षका लागि बजेट प्रस्तुतीको तयारी गरिएको छ । संविधानअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसअघि पूर्वबजेट छलफल जारी छ । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकोले यस पटकको बजेटको रुप र सार पनि परिवर्तन हुने अर्थमन्त्री युवराज खतिवडाले संकेत गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement