कोरोना संक्रमित ४ सय नाघे, आजमात्रै २७ जना थपिए, काठमाडौँ उपत्यकामा ५ जनामा संक्रमण

Advertisement

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । आज एकैदिन थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भएपछि कोरोना संक्रमितको संख्या ४०२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार आज काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी झापाका ९ जना, मोरङ र सुनसरीका एक–एक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक–एक जना, कपिलवुस्तका चार जना र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टी भएका कूल संख्या मध्ये २ जनाको मृत्यु भएको  र स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement