अब सेनाले जुत्ता, कपडा र खानेकुरा आफैं उत्पादन गर्छः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली सेना अब आफ्ना लागि अत्यावश्यक वस्तु आफैं उत्पादन गर्ने बताए । उनले अब नेपाली सेनाले जुत्ता, कपडा, बिस्कुट लगायतका समान उत्पादन थाल्ने बताए । आज संसदमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद विवाद गर्ने होइन, अरु देशले सेनालाई बोल्न लगाउँछ भने त्यो पनि उपयुक्त होइन । हामी सवाल जवाफमा फास्ट हुनुपर्छ भन्ने पनि छैन् । हाम्रो आफ्नो काम र उदेश्यमा सुदृढ छौं । र हामीलाई कसैले उकासेको जस्ता शब्दहरु भन्छ भने त्यो नेपाली राष्टियतामाथीको अण्डरमाइन, अवमूल्यन र हेपिएको कुरा हो । हामी त्यसलाई उचित ठान्दैनौं र अस्विकार गर्छौ । त्यसलाई खारेज गर्दछौं । विश्वमा १९ देश गुलाम भएनन र ती मध्येको एक देश नेपाल हो यो तथ्य दुनियालाई थाहा छ ।

‘ब्रिटिसको प्रवेशलाई बिशाल चीन र भारतले रोक्न सकेनन् तर नेपालले रोक्यो । हामीसँग तोप, बारुद थिएनन्, खुकुरी जस्तो सानो चक्कुका बलमा हामीले ब्रिटिसलाई रोकेका हौं । यस्तो देश कसैको उक्साहटमा आयो भन्नु इतिहास नबुझ्नु हो, अर्काको गौरवमाथीको हमला हो । हामी त्यसलाई अस्विकार गर्छौ ।’ प्रधानमन्त्री ओलीले भने ।

Advertisement

Advertisement

Advertisement