दशौं लाख सवारी साधन मालिकलाई राहत, लकडाउन अवधीको बीमा शुल्क तिर्नु नपर्ने

Advertisement

काठमाडौं । बीमा समितिले दशौं लाख गाडी मालिकहरुलाई राहत दिएको छ । समितिले मंगलबार निर्देशन जारी गर्दै मोटर बीमामा लकडाउन अवधीको बीमा शुल्क तिर्नुनपर्ने व्यवस्था गरिदिएको हो । यो छुट अपरसँगै लाखौं गाडी मालिकहरुले राहत पाउनेछन् ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार मोटर बीमा पोलिसी नविकरणका क्रममा बीमा कम्पनीहरुले त्यस्तो छुट सुबिधा उपलब्ध गराउनेछन् । पौडेलका अनुसार बार्षिक प्रिमियमको एक तिहाई अर्थात ३३.३३ प्रतिशत बीमा शुल्क तिर्नुपर्नेछ । बाँकी दुई तिहाई अर्थात ६६.६६ प्रतिशत बीमा शुल्कमध्ये लकडाउन अवधीभरको शुल्क भने छुट पाउनेछन् ।

‘बार्षिक बीमा शुल्कको एक तिहाई प्रिमियम तिर्नुपर्छ, बाँकी दुई तिहाई प्रिमियमको लकडाउन अवधी भरको भार भने छुट प्राप्त हुनेछ’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले कर्पाेरेट नेपालसँग भने । उनका अनुसार दुई तिहाई प्रिमियमलाई एक युनिटमा गणना गरेर लकडाउन अवधी भरको हिस्सा निकालिनेछ र सो प्रिमियम पुरै छुट दिइनेछ ।

लकडाउनका कारण लाखौं लाख सवारी साधनहरु घरमै थन्किएर बसेकाले सवारी साधन धनीलाई त्यस्तो छुट दिईएको पनि उनले बताए । ‘जोखिम हस्तान्तरणका लागि बीमा गर्ने हो, अहिले त सवारी साधनहरु घरमै थन्किएर बसेका छन्, त्यस्तो अवस्थाको बीमा शुल्क लिनुहुन्न भनेर छुट दिएका हौं’, पौडेलले भने ।  अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधनहरुले भने त्यस्तो छुट पाउने छैनन् ।

Advertisement

Advertisement

Advertisement