कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक

Advertisement

काठमाडौं । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा स्वीकृत गरेर जारी गर्ने निर्णय गरेको थियो । उनले अब उप्रान्त सम्पूर्ण सरकारी दस्ताबेज र पाठ्यपुस्तकहरुमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले निर्देशन दिएकी छिन् ।

नयाँ नक्सा जारी भएसँगै नेपालको क्षेत्रफल ३३५ वर्ग किलोमिटरले बढेको छ । यस अघि १४७१८१ वर्ग किलोमिटर रहेको नेपालको क्षेत्रफल अब १,४७, ५१६ वर्ग किलोमिटर भएको छ ।

 

 

Advertisement

Advertisement

Advertisement