बीमालेख धितो राखी ऋण लिएका बीमितलाई सहुलियत दिइने (बीमा समितिको निर्देशनसहित)

Advertisement

काठमाडौँ । बीमालेख धितो राखी बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने ब्याज दरमा लकडाउन अवधि समाप्त भएको १ महिनासम्म ब्याज बुझाएमा ब्याजको १५ प्रतिशत छुट दिन बीमा समितिले निर्देशन जारी गरेको छ ।

समितिका कार्यकारी निर्देशक राजरमण पौडेलले इजाजत प्राप्त सबै जीवन बीमा कम्पनीहरुलाई पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन् ।

समितिले बीमकका लागि जारी गरेको बीमक सूचना प्रविधि मार्गदर्शन २०७६ को अधिनमा रही बीमालेख अनलाइन बिक्री गर्ने कार्यबिधि तयार गरी समितिमा पेश भएमा औचित्यताको आधारमा स्वीकृत गर्न सकिने, समितिको निर्देशनको अधिनमा रही लकडाउन अवधिभरी बीमले उपलब्ध गराउने तालिमहरु अनलाइन तथा भर्चुयल रुपमा गर्न सकिने र उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन समितिमा पेश गर्नु पर्ने तथा बीमकले व्यवस्थापन खर्च न्यूनीकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचित्यताको आधारमा स्वीकृत गर्न सकिने आज जारी निर्देशनमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement