कोरोनाभन्दा पनि बढ्दो निराशा ठूलो चुनौति, 'लकडाउन'मा ७२१ ले गरे आत्महत्या

Advertisement

काठमाडौं । सरकारले घोषणा गरेको बन्दाबन्दीको ४६ दिनको अवधिमा ७ सय २१ जनाले आत्महत्या गरेका छन् । गत ११ चैतदेखि २७ वैशाखसम्मको तथ्यांकअनुसार ७ सय २१ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार यो अवधिमा देशभर विष सेवनबाट ९३, झुन्डिएर ६ सय १४, औजार तथा हातहतियारको सहायताबाट तीन, हामफालेर चार, डुबेर चारर आगो लगाएर एक जनाले आत्महत्या गरेका छन् ।

प्रहरीको मासिक तथ्यांकले समेत गत फागुनमा भन्दा चैतमा आत्महत्याको रेकर्ड बढेको भएको देखाउँछ । गत फागुनमा विष सेवनबाट ९४, झुन्डिएर ३ सय १५, हामफालेर चार र डुबेर एक जनाले आत्महत्या गरेका थिए । सबैगरी गत फागुनमा ४ सय १४ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा छ ।

विवरणअनुसार फागुनमा भन्दा चैतमा बढी आत्महत्याका घटना भएको छ । जसअनुसार चैतमा विष सेवनबाट ६४, आगो लगाएर ११, झुन्डिएर ४ सय, हामफालेर तीन र डुबेर एक जनाले आत्महत्या गरेका छन् । सबै गरी चैतमा ४ सय ८२ जनाले आत्महत्या गरेका हुन् ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement