नेपालविरुद्ध विष बमन गर्दै भारतीय मिडिया, निशानामा मनीषा पनि

Advertisement

काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित भएको छ । रातदिन हिन्दू–मुस्लिम भनेर बहस चलाउने र जनताका एजेन्डा लुकाउने भारतीय साम्प्रदायिक मिडियाले नेपालविरुद्ध विषवमन गरिरहेका छन् । जी न्यूजले त नेपाल र भारतको सैनिक संख्याको तुलना गरेर पनि देखाएको छ ।

हुन त मूलधारका भनिने भारतीय मिडियाले नागरिक अधिकार, राज्यको दायित्व, मानवीय संवेदना र ऐतिहासिक दस्ताबेजसँग कुनै साइनो राख्दैनन् । समाचारका नाममा कलाविहीन सर्कस चलाउने भारतीय टेलिभिजनले अहिले नेपालको भूगोल र ऐतिहासिक दस्ताबेजका विषयमा आफ्नो निम्छरो जानकारी उदांगो बनाइरहेका छन् ।

एबिपी न्यूजको प्रातकालीन कार्यक्रममा बुधबार अभिनेत्री मनीषा कोइरालाविरुद्ध आपत्तिजनक भाषामा टिप्पणी गरिएको थियो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रि–ट्विट गर्दै मनीषाले नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले यो पनि लेखेकी थिइन्, ‘अब तीन महान् देशले सम्मानजनक र शान्तिपूर्ण रूपमा संवादमा समाधान गर्नुपर्छ ।’ मनीषाको यति ओजपूर्ण टिप्पणीमा समेत एबिपीमा प्रस्तोताहरूको प्रश्न थियो, ‘लिपुलेकको विषयमा नेपाल र भारतको बीचमा विवाद हुँदा मनीषाले तेस्रो देश ९चीन०लाई किन आमन्त्रण गरिन् रु’ ती प्रस्तोतालाई लिम्पियाधुरा क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु हो, त्यहाँ दक्षिणतिर नेपाल र भारत छन् भने उत्तरतिर चीन छ भन्ने पनि जानकारी छैन ।

भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले भारतमा काम गर्ने नेपाली दाजुभाइमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् । तर, नेपालमा पनि भारतीय नागरिक काम गर्छन् भन्ने जानकारी राखेका छैनन् । त्यति मात्र होइन, भारत त्यस्तो देश हो जसका तीन करोड २१ लाख नागरिक अन्तर्राष्ट्रिय श्रम बजारमा छन् । अन्तर्राष्ट्रिय श्रम बजारमा आफ्नो पसिना बगाउनु दासत्व होइन भन्ने चेत नभएका टेलिभिजन प्रस्तोताले अभिनेत्री मनीषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्विकार्नुपर्ने तर्क गरिरहेका छन् ।

त्यसो त जी न्युज, आजतक र एबिपी न्यूजजस्ता भारतीय मिडिया भारतमै पनि चौथो अंग होइन, सरकारकै ‘चारपाई’ रूपमा पहिचान बनाएका छन् । त्यति मात्र होइन, सरकारसँग विवेकसम्मत प्रश्न गर्ने पत्रकारहरूलाई सरकारसँग मिलेर उनीहरूले नै लखेटिरहेका छन् । आजतक होस् वा एबिपी न्युज, इन्डिया न्युज होस् वा इन्डिया टिभी, टाइम्स नाउ होस् वा रिपब्लिक टिभी सबै कोरोना छोडेर नेपालविरुद्ध विषवमनको एकसूत्रीय मिसनमा उत्रेका छन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement