हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैनः पूर्वराजा

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमाथिको कसैको गिद्धेदृष्टि सह्य नहुने बताएका छन् । बिहीबार ट्वीट गर्दै उनले भनेका छन्, हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। पूर्वराजा शाहले हाम्रा पूर्व भने राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई औंल्याउन खोजेका छन् । उनी थप्छन्, आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।

Advertisement

Advertisement

Advertisement