कोरोना संक्रमित थप १ जनाको मृत्यु, सामाजिक विकास मन्त्रालयले गर्यो पुष्टी

Advertisement

काठमाडौँ । कोरोना भाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान ७ बजेर १० मिनेट जाँदा उपचारको क्रममा मृत्यु भएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति मार्फत उनको मृत्यु भएको पुष्टि गरेको हो ।

कोरोना भाइरसबाट संक्रमित कूल संख्या ४४४ मध्ये मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । संक्रमित मध्ये ४५ जना उपचार पछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्ति जेठ १ गते ज्वरो र टाउको दुखाइको समस्या लिएर रुपन्देहीको क्रिमसन अस्पतालमा पुगेको र उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनको स्वाब प्रादेशिक प्रयोगशालामा परिक्षण गर्दा जेठ ५ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं ६ बस्ने मृतक शिक्षक पेशामा संलग्न रहेका थिए ।

शिक्षण पेशामा रहेका उनको यसअघि नै मृत्यु भएको गलत समाचार बाहिर आएपछि क्रिमशन अस्पतालले विज्ञप्ति निकालेर उनको मृत्यु नभएको र सघन उपचार कक्षमा उपचार भइरहेको जानकारी दिएको थियो । अवस्था निकै नाजुक रहेका संक्रमित शिक्षकको मृत्यु भएको प्रदेशको मन्त्रालयले पुष्टि गरेको हो ।

Advertisement

Advertisement

Advertisement