काठमाडौं छिर्ने सबै नाका सिल, आरडीटी परिक्षण बिना प्रवेश निषेध

Advertisement

काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका शिल गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरुलाई पत्र लेख्दै उपत्यका प्रवेश गर्ने सबै नाका शिल गर्ने निर्णय कार्यान्वयनमा सघाउन भनेको हो ।

उपत्यकाका १८ वटै स्थानीय तहका प्रमुख सम्मिलित उपत्यका मेयर फोरमले जेठ १ गते नै उपत्यका प्रवेश गर्ने नाकाहरु शिल गर्न अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकाहरु शिल गर्ने निर्णय गरेको हो । अब अत्यावश्यक सेवा बाहेकका कुनै पनि व्यक्त तथा सवारी साधनहरु उपत्यका प्रवेश गर्न पाउने छैनन् ।  त्यसरी उपत्यका प्रवेश गर्नेहरुले पनि आरडीटी परिक्षण गरेको कागजात पेश गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement