भारतीय मिडियासामु मिनेन्द्र रिजाल कडारुपमा प्रस्तुत, सीमाको विषयमा आफू प्रधानमन्त्री ओलीसँगै

Advertisement

काठमाडौं । काँग्रेस नेता मिनेन्द्र रिजालले भारतीय मिडियालाई हप्काएका छन् । सीमा विवादबारे गरिएको अन्तरवार्तामा प्रस्तोताले एकोहोरोरुपमा पेलेपछि रिजालले उनलाई हप्काउँदै कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएको र भारते अतिक्रमण गर्दै आएको बताए । रिजालको अन्तरवार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको प्रसंशा गरिरहेका छन् । टेलिभिजन कार्यक्रममा रिजालले लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूमि भएको कुरा एतिहासिक तथ्यहरुले पुष्टि गरे पनि भारतले लामो समयदेखि अतिक्रमण गर्दै आएको बताए ।

Advertisement

भारतले उक्त भूमिलाई समेत गाभेर एकपक्षीरुपमा नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि नेपालले समय दिएको तर वार्ताका लागि भारत तयार नभएपछि नेपालले नक्सा सार्वजनिक गरेको हो भन्दै उनले सीमामा समस्या छ र त्यो द्विपक्षीय कूटनीतिक वार्तामार्फत समाधान हुनुपर्छ भने ।
कार्यक्रम प्रस्तोतोले उत्तर नसोधी एकोहोरो प्रश्नको बर्षा गरेपछि रिजाल जंगिएका थिए । उनले प्रश्न सोधेपछि उत्तर सुन्ने धैर्यता राख्नुपर्छ भन्दै भारतीय मिडिया के सन्देश दिन खोजिरहेका छन् ? यो टेलिभिजन अन्तर्वार्ताको तरिका होइन र यस्तो तरिका नेपालमा चल्दैन भने ।
कार्यक्रम प्रस्तोताले एकोहोरोरुपमा चीन कसैको साथी हुनसक्दैन भन्‍ने अभिव्यक्ति दिएपछि रिजालले कोसँग कस्तो सम्बन्ध बनाउने भन्‍ने कुरा निर्णय गर्ने अधिकार हाम्रो हो भन्दै नेपाल एक सार्वभौमसत्ता सम्पन्‍न मुलुक भएको र हामी भारत र चीन दुबैसँग बराबरीको हैसियतमा राम्रो सम्बन्ध विकास गर्न चाहन्छौं भने ।कार्यक्रममा रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट नेपालीहरु निराश भएको बताउँदै भारत समस्या समाधानका लागि वार्ताबाट भाग्‍ने होइन वार्ताको टेबलमा आउनुपर्छ भने । भारतीय मिडियाले नेपाल र नेपाली जनताको सम्मान गर्नुपर्ने उनको जोड थियो । भारत वार्ताका टेबलमा प्रमाणसहित आउनुपर्छ र नेपाल पनि प्रमाणसहित आउँछ भन्दै भन्दै रिजालले वार्तामार्फत नै समस्याको समाधान गर्नुपर्छ भने ।भिडियोः

Advertisement

Advertisement