प्रधानमन्त्रीका सल्लाहकारको दाबी- कालापानीबाट भारतीय सैनिक अब फिर्ता जान्छन्

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लिम्पियधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय आधिपत्य समाप्त भएको दावी गरेका छन् । सो क्षेत्रमा भारतको बर्षौदेखिको हैकम एक हदसम्म अन्त्य भएको भन्दै उनले भारतसँग आफ्नो सैनिक टुकुडी हटाउनको विकल्प नभएको जिकिर गरेका छन् ।

बुधबार राजधानीको संवाद डबलीमा थापाले सन् १९६२ मा कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय सैन्य टुकडी, बंकरसहितको अतिक्रमण अन्त्य भएको र अब कुनै पनि हालतमा भारतको बहिर्गमन निश्चित भएको बताएका हुन् ।

गत कार्तिक महिनामा त्यस क्षेत्रलाई भारतमा गाभ्दै एकतर्फीरुपमा नक्सा सार्वजनिक गर्ने कदमविरुद्ध परराष्ट्र मन्त्रालयले कुटनीतिक पहल कदमी लिँदै आएको बताउँदै उनले भने, “नेपाल सरकारले बारम्बार भारत सरकार समक्ष कुरा गर्दागर्दै पनि झन् अहिले रोड खनेको र सार्वजनिक गर्ने कार्यले नेपाली जनातामा अझबढी राष्ट्रियताको भाव पैदा गराएको छ । आशा छ भारतजस्तो ठूलो देशले १९६२ तिरको चेतना नराखी हाम्रो भूमि छाड्ने छ ।”

भरतले मिचेको नेपाली भूमि अन्तर्राष्ट्रियस्तरमा तथ्यसहित राख्ने सरकारको कदमले ढोका खुलेको थापाले बताए । उनले भने, “हामीले हाम्रो भूमी हो भन्ने प्रसस्त प्रमाणसहित उभिएका छौं, यसले समय लिएको हो, अब भारतले कुनै पनि हालतमा त्यहाँबाट आफ्नो आधिपत्य अटाउनु पर्छ ।”

Advertisement

Advertisement

Advertisement