लिपुलेक विवाद चर्किएपछि भारतले नेपालको पाम तेल रोक्यो

Advertisement

काठमाडौँ । लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध सुरु भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि वैशाख २९ बाट पाम तेलको निर्यात रोकिएको हो ।

पाम तेल निर्यात गर्न ५ महिनाअघि भारतले नै अनुमति दिएका ३९ नेपाली फर्मको इजाजत निलम्बन गर्न सरोकारवाला सरकारी निकायलाई निर्देशन दिइएको स्रोतले बतायो । ‘विस्तृत छानबिन नभएसम्मका लागि निलम्बन गरिनेछ,’ एक व्यापारीले उपलब्ध गराएको भारतको निर्देशन पत्रमा भनिएको छ । यससम्बन्धी विवरण उच्च अदालतमा पेस गर्नसमेत भारतले आफ्ना सरकारी निकायलाई भनेको छ ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) र दक्षिण पूर्वी एसियाली देशहरुको स्वतन्त्र व्यापार सम्झौताका मापदण्ड पालना नगरी नेपालबाट पाम तेल निर्यात भएको भन्दै भारतले रोकिदिएको हो । भारतको यो निर्णयलाई उद्योग, वाणिज्य तथा अर्थ मन्त्रालयका अधिकारीले पाम तेलको उत्पत्ति, तोकिएको प्रतिशतअनुसार ‘भ्यालु एड’ को प्रमाणसम्बन्धी पहिल्यैको समस्याको निरन्तरताका रूपमा अथ्र्याएका छन् । केही अधिकारीले भने यसलाई भारतसँगको चिसिँदै गएको नेपालको राजनीतिक सम्बन्धसँग जोडेर हेरेका छन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement