नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुग्यो, अमेरिकामा थप एक नेपाली र दुई भुटानीको ज्यान गयो

Advertisement

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेर ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला अमेरिकामा थप एक नेपालीको ज्यान गएको समाचार छ । यस्तै, दुई नेपाली भाषी भुटानीले पनि ज्यान गुमाउनु परेको छ । अमेरिकाको कनेक्टिकट राज्यमा बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

स्थायी घर तनहुँ भएका ठकुरीको बुधवार सॉझ मृत्यु भएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । ठकुरी नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएको बताइएको छ । योसँगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।अमेरिकामा संक्रमित नेपालीहरूको संख्या दुई हजारको हाराहारीमा रहेको बताइएको छ ।

यसैबीच लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएकी नेपाली भाषी भुटानी महिला विष्णुमाया सुब्बाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । केन्टकी राज्यको लुइभेलमा बल्दै आएकी करीव ६० वर्षीया सुब्बाको स्थानीय एक अस्पतालमा उपचारकोक्रममा बिहीवार मृत्यु भएको हो । यसअघि सोही ठॉउमा बस्दै आएका अर्का भुटानी शरणार्थी युवाको समेत कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

Advertisement

Advertisement

Advertisement