नयाँ नक्सा कार्यान्वयन गर्न संबिधान संशोधन गर्ने प्रस्ताव संसदमा पेश गर्ने निर्णय

,   ९ जेष्ठ २०७७, शुक्रबार, ०१:१५ pm   

काठमाडौँ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आज मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।

नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित यस्तो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्ले पारित गरी सार्वजनिक गरिएको नयाँ नक्सामा अहिलेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएकाले संविधान संशोधन गर्नुपर्ने भएको जनाइएको छ ।

aecc