कोरोना महामारीको मौका छोपेर हङकङमा कडा सुरक्षा कानुन लागू गर्ने चीनको तयारी

Advertisement

काठमाडौं । चीनले हङकङमा विवादास्पद कानुन लागू गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड १९)को महामारीतर्फ विश्वको ध्यान केन्द्रित भइरहेको बेला चीनले हङकङको सर्वोच्च विधायकी अंग नेशनल पिपल्स कँग्रेसमा सुरक्षासम्वन्धी विवादास्पद कानुन प्रस्तुत गर्न लागेको हो ।

लामो समय बेलायतको अधिनमा रहेको हङकङ चीनलाई फिर्ता गर्ने क्रममा चिनियाँ कानुन लागू नगरी खुल्ला र प्रजातान्त्रिक कानुन लागू गर्ने सहमति भए पनि फिर्ता भइसकेपछि चीनले आफ्नो अनुकुलको कानुन लागू गर्ने प्रयास गर्दै आएको छ । अहिले लागू गर्न लागिएको नयाँ सुरक्षा कानुन हङकङमा ठूलो राजनीतिक हलचल ल्याउने अडकल गरिएको छ ।

नयाँ कानुन देशद्रोह र राज्य टुक्राउने गतिविधिलाई नियन्त्रण गर्नेसम्वन्धी हो । हङ‌कङको संविधानमा यस्तो कानुन बनाउन सकिने व्यवस्था भए पनि यसअघिसम्म चीनले कानुन बनाउन होस पहल गरेको थिए । अहिले विश्वको ध्यान कोरोनातर्फ केन्द्रीत भएको मौका छोपेर कडा कानुन बनाउन लागिएको हो ।

चीनको कम्युनिष्ट सरकारले हङकङको नेशाल पिपल्स कँग्रेसले वैधानिकता दिने गर्दछ । बीबीसीका अनुसार काँग्रेसको प्रयोग गरेर चीनले हङ‌कङका निर्वाचित सांसदहरूको सहमतिविना कानुन पारित गर्न लागेको हो । कोरोनाका कारण अन्य बेलामा जस्ता हङकङका जनता सडकमा उत्रिएर विरोध प्रदर्शन गर्ने संभावना कम भएकोले चीनले सो कानुन निर्माणका लागि कँग्रेसलाई बाध्य बनाउने अनुमान गरिएको छ । हङकङ सन् १९९७ मा बेलायतले चीनलाई फिर्ता गरेको थियो । सोही बेलादेखि चीन र हङकङमा दुई खालको शासन व्यवस्था छ । हङकङ आफ्नो अंक भएकाले विशेषाधिकार दिइरहन नसकिने चीनको आशय छ ।

Advertisement

Advertisement

Advertisement