जापानको केन्द्रीय बैंकद्वारा साना व्यवसायका लागि २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

Advertisement

टोकियो । जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो । बैंक अफ जापानले यसअघि पनि साना तथा मझौला उद्योग व्यवसायका लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो ।

कोरोनाभाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नु अघि नै जापानी अर्थव्यवस्था प्राकृतिक प्रकोप र उपभोग्य वस्तुमा बढाइएको करबाट निकै ठूलो संकटमा थियो । गत महिना जापानको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा कोरोनाभाइरसका कारण सिर्जित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो । रासस-एएफपी

Advertisement

Advertisement

Advertisement