एनएमबि बैंकले सुरु गर्यो परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ, यस्ता छन् सुबिधा

,   ९ जेष्ठ २०७७, शुक्रबार, ०५:३१ pm   

काठमाडौँ । विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ ।

सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सहजै गर्न सकिने छ । वर्तमान कोभिड महामारीलाई विचार गरी बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ्ग माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको हो ।

यो सुरक्षित र छरितो डिजिटल बैंकिङ्ग अनुभव प्रदान गर्न बैंकको प्रयास हो र बैंकले ग्रहकहरुको अनुभव अभिबृद्घि गर्न डिजिटल माध्यममा नयाँ सेवाहरु निरन्तर पस्किनेछ । उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुला देखी साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछन । एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोवारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिने बैंकले जनाएको छ ।

aecc

बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ्ग, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ्ग लगायत अन्य विभिन्न व्यवसायिक कार्यहरु सम्बन्धि सेवा लिन सकिने उच्च कारोवार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधाबाट लाभान्वित हुन सकिने बैंकद्घारा जारी विज्ञप्तिमा उल्लेख छ ।