विदेशबाट आएकाले तत्कालै कोरोना बीमा गर्न नपाउने, आरडीटी रिपोर्ट नेगेटिभ हुनु पर्ने

,   ९ जेष्ठ २०७७, शुक्रबार, ०६:१५ pm   

काठमाडौँ । भारत लगायतका विदेशी मुलुकबाट आएका नेपालीले तत्कालै कोरोना बीमा गर्न नपाउने भएका छन् ।

हाल कोरोनाको असरका कारण विदेशमा विभिन्न पेशा र व्यवसायमा संलग्ने नेपालीहरु आफ्नो पेशा र व्यवसाय बन्द गर्नु परेकाले नेपाल फर्किने क्रम बढ्दै गएको छ । खुल्ला सीमानाका कारण विशेष गरी भारतबाट स्वदेश फर्किने नेपालीहरुको सीमा नाकामा अत्याधिक चाप पर्न थालेपछि आज बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इजाजत प्राप्त निर्जीवन बीमा कम्पनीहरुका लागि निर्देशन जारी गरेका हुन् ।

हालसम्म प्राप्त तथ्याङ्क अनुसान पनि स्वदेश फर्किने स्थितिमा समितिबाट कोरोना बीमालेख जारी गर्न दिएको निर्देशनको मूल मर्मलाई कायमै राखी यस बीमालेखका लागि विशेष खालको अण्डरराइटिङ्ग निर्देशन जारी गर्नु पर्ने आवश्यकता देखिएको समितिको निर्देशनमा उल्लेख छ ।

aecc

कुनैपनि व्यक्ति भारत लगायत अन्य विदशी मुलुकबाट नेपाल आई क्वारेन्टाइनमा १५ दिन बसेपछि आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र यो बीमालेख खरिद गर्न पाइने छ । त्यसैगरी विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सो को नेगेटिभि रिपोर्ट भएको प्रमाण पेश गर्नु पर्ने बीमा समितिको निदेशनमा उल्लेख छ ।