गुल्मीका कोरोना संक्रमितको शब जलाइएन, जंगलमा लगेर गाडियो

Advertisement

बुटवल । क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शब नजलाइकन जंगलमा लगेर गाडिएको छ । ेसेनाका स्वास्थ्यकर्मीहरुले लगेर बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको जंगलमा ती पुरुष संक्रमितको शब गाडेको हो ।

मृत्युप्रति प्रश्न उठाउँदै मृतकको परिवारले दुई दिनदेखि उनको शब उठाउन मानेको थिएन् । सेनाको टोलीले जंगलमा लगेर शब गाडेकोप्रति विमती जनाउँदै मृतकको परिवारले आफूहरुको सहमतिविना जंगलमा लगेर गाडिएको जनाएको छ । मृतकको शब यसअघि नै स्थानीय घाटदेखि सामुदायिक वन जस्ता ठाउँमा जलाउने प्रयास गरिए पनि स्थानीयले विरोध जनाएपछि स्थानीय प्रशासनले जंगलमा लगेर गाड्ने निष्कर्षमा पुगेको हो ।

शब गाड्न मृतकका भाई मीनबहादुर कुँवरले सही गरेर अनुमति दिए पनि उनका अन्य परिवारले आपत्ति जनाएका छन् । उनीहरुले दबाबमा भाईलाई कागजमा हस्ताक्षर गराएको भन्दै त्यसमा आफूहरुको सहमति नरहेको बताएका छन् । हिन्दु संस्कारअनुसार नै शब अन्तयष्टि गरिनुपर्ने भन्दै उनको परिवारले बरु सुरक्षा बिधिहरु अपनाउन सकिने बताएका छन् ।

अर्कोतर्फ मृतकको परिवारले कोरोना संक्रमण देखिएपछि अस्पतालले उपचार नै नगरेको भन्दै यसको छानविन गर्न माग गरिरहेको छ । उनीहरुले मृत्यु भएका आफ्नो परिवारको सदस्यलाई कोरोना संक्रमण नै भएको, अर्कैको स्वाब परीक्षणका क्रममा देखिएको कोरोना पोजेटिभ रिपोर्ट साटिएर तर्क गर्दै आएका छन् ।

साथै, मृतकको परिवारले आफूहरुलाई जानकारी नदिई बिरामीको ढोडमा प्वाल पारी पानी निकालेको, मृत्यु नै नभई अस्पतालका सञ्चालकले बिरामीको मृत्यु भएको भनी हल्ला चलाएको भन्दै यसको समेत छानविन हुनुपर्ने माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement