पाकिस्तानमा विमान दुर्घटना, ९८ जनाको मृत्यु

Advertisement

इश्लामावाद । पाकिस्तानमा यात्रु विमान दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको समाचार छ । लाहोर इन्टरनेशनल एअरलाइन्स (पीआइए)को विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ९८ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त विमान कराँची एयरपोर्ट नजिकै रिहायशी क्षेत्रमा खसेको पीआईएका प्रवक्ता अब्दुल सत्तारले बताएका छन् । लाहोरबाट कराँची जाँदै गरेको सो विमान मालीरको मोडेल कोलोनी नजिकै जिन्ना गार्डेन क्षेत्रमा दुर्घटना भएको जनाइएको छ । दुर्घटनास्थलबाट धुँवा उडिरहेको पाकिस्तानी सञ्चार माध्यमहरुले देखाएका छन् ।

Advertisement

Advertisement

Advertisement