कृषि क्रान्तिका ८ उपायः बन्न सक्छ रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको आधार

Advertisement

कुनै पनि क्रान्तीको लागि उपयुक्त समय चाहिन्छ। नेपालमा कृषि क्रान्तिका लागि हालको समय इतिहास मै सबै भन्दा उपयुक्त समय हो। यसकारण सरकारले कृषि क्रान्तिको आधार खडा गर्ने काममा ढिलाई गर्नु हुन्न । निम्त ८ वटा कामलाई प्राथमिकता दिन सकियो भने कृषि क्रान्ति आरम्भ हुनेछ ।

१) गाँउ घरमा कृषि खेतीको संचालन र उत्पादनको व्यवस्थापनको लागि कृषि सहकारी संस्थाहरुको व्यवस्था गरियोस् ।

२) सहकारी संस्थाहरुलाई मेशिन औजार लगायत बिउबिजन, अनुदान (निब्र्याजी सहकारी स्वसंचालित भए पश्चात फिर्ता गर्नु पर्ने) र ऋण सहयोग प्रशस्तै मात्रामा प्रदान गरियोस्।

३) कृषिमा प्रयोग हुने ईन्धन र विद्युतमा सबै कर छुट दिईयोस् ।

४) कृषि बजारलाई व्यवस्थित गरियोस्, बिचौलियाहरुको पहूँच बन्द गरियोस्।

५) कृषि उत्पादनको बिदेश निर्यातको लागि नेपाली उत्पादनको ब्राण्ड नाम ‘हिमालय’ तोकीयोस्। जस्तै “हिमालयको सिमी”, “हिमालयको मह”, “हिमालयको सुन्तला” आदि।

६) रैथाने जातिका फलफूल, तरकारी र अन्नबालीको संरक्षण गरियोस्।

७) सबै उत्पादनहरु प्रांगारिक उत्पादन होउन र यस्को गुणस्तर निर्धारणको लागि अन्तर्राष्ट्रीय मान्यता प्राप्त प्रयोगशालाको विकास गरियोस्।

८) उत्पादित फलफूल, तरकारी र अन्नबालीको बिदेशमा निर्यातको लागि सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरोस्।

यति कार्य गरिएमा हाल कोरोनाको महामारीमा बिदेशबाट नेपाल फर्कीएका र फर्कन चाहाने युवाहरु मध्ये अधिकॉश यही रहने छन र राष्ट्रिय उत्पादनमा पनि बृध्दि हुनेछ।

Advertisement

Advertisement

Advertisement