'इण्डियाको व्यवहारले गर्दा नाटकीयरुपमा 'ग्रेटर नेपाल' हुन्छ, नेपालका शासकले पनि अब आँट गरुन'

Advertisement

काठमाडौं । ग्रेटर नेपाल अभियानका अभियान्ता फणिन्द्र नेपालले सुगौली सन्धीकारी पक्ष भारत र बेलायतले नै यो सन्धी अब अस्तित्वमा छैन भनेपछि हामीले मात्रै सो सन्धी मानेर बसिरहनुको कुनै अर्थ नरहेको बताउँछन् । एक अनलाइन टेलिभिजनसँगको कुराकानीमा उनले भने, सतिदेवीको लाश बोकेर महादेश हिंडेजस्तो हामी सुगौली सन्धी बोकेर हिँडिरहने ? सन् १८१८ मा तत्कालिन बेलायतको इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धीपछि नेपालले पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्मको भूमि गुमाएको थियो । इष्ट इण्डिया कम्पनी फिर्ता भएसँगै र सन् १९५० मा भारत र बेलायतसँग भएका शान्ति तथा मैत्री सन्धीअनुसारसमेत टिस्टादेखि सतलजसम्मको भूमि नेपालको भइसकेको फणिन्द्र नेपाललगायतका विश्लेषकहरुको रहँदै आएको छ ।

Advertisement

उनका अनुसार त्यतिबेला सुगौली सन्धी जरुरी नै थिएन् । सन् २०१५ को मे १५ मा नेपाल र बेलायतबीचको युद्ध सम्झौतामा गएको टुँगिएको, त्यस क्रममा नेपालको सीमा महाकाली कायम भएको, युद्ध सकियो भनेर नेपालीहरु बसिरहेको बेला बेलायतले २०१८ को डिसेम्बर २ मा बेलायतले नेपालको ठूलो भूभाग आफ्नो अधिनमा रहनेगरी सन्धीको प्रस्ताव पठाएको, तर नेपाली पक्षबाट जिम्मा लिएर गएका जगराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई उनीहरुले किनेर राजाको हस्ताक्षर नगराई सन्धीमा आफैले हस्ताक्षर गर्न लगाएको, त्यसपछि मिश्र र उपाध्याय नेपाल नफर्किएबाटै यो सन्धी माफैमा संकास्पद रहँदै आएको नेपालले बताए ।
सुगौली सन्धीमा सहमत गराउन र तत्कालिन राजालाई तर्साउन ती दुई व्यक्तिलाई बेलायतले प्रयोग गरेको भन्दै उनले षडयन्त्रमूलक ढंगले नेपालले नहारेको भूमिसमेत सन्धी गराइएको बताए । सुगौली सन्धीका लागि प्रयोग गरिएका दुवै व्यक्ति नेपालको दरबारबारे सुचना हात पार्न बेलायतले प्रयोग गर्दै आएका व्यक्ति भएको फणिन्द्र नेपालले तथ्य प्रस्तुत गरे ।
साथै, उनले सुगौली सन्धीको सक्कल सबै पत्र अहिले कतै पनि पाइँदैन, तर त्यसको सुरुको प्रस्तावना र अन्तिमको पृष्टमा सही गरेको देखिन्छ भन्दै यति ठूलो भूभाग गुमाउने कुरामा राजा वा प्रधानमन्त्रीको सही नहुने कुरा अनौठो भएको बताए । इतिहासको अध्यताहरुले सुगौली सन्धीमा राजाको सही नभएको भन्दै प्रश्न उठाउन थालेपछि षडयन्त्रमूलक तरिकाले नेपालबाट बेपत्ता पार्ने काम भएको बताए ।भारत स्वतन्त्र भएलगत्तै ग्रेटर नेपालको अभियान सुरु भएको, दार्जलिङका डम्बरसिंह गुरुङलगायतले टिस्टादेखि सतलजसम्मको सबै भूमि नेपालको हो भनेर राजालाई भेटेर ज्ञापनपत्र बुझाएर गएको, योगी नरहरिनाथले सुगौली सन्धी नक्कली हो, यो धोका हो, मान्य हुँदैन भन्ने जस्ता कुराहरु आएपछि भारतले जुक्ती लगाएर सन्धी फुत्काएर लगेको गणिन्द्र नेपालको भनाई छ ।उनले सन्धीपछि नै बेलायतले काठमाडौंमा दूतावास खालेर बसेको र नेपालको राजनीतिमा खेल्न थालेको बताउँदै नेपालको राजनीतिमा पाण्डे र थापाबीचको द्धन्द्ध, कहिले राजा शक्तिशाली हुने कहिले रानी, सोही क्रममा जंगबहादुरको उदय भएको र उनको उदयमा पनि बेलायतको हात रहेको नेपालको तर्क छ । बेलायतले सुरु गरेको साही प्रवृत्ति भारतले पनि कायम राखेको उनले उदाहरण दिए ।भारत छोडेर जानुअघि ब्रिटिसहरुले राणाहरुलाई तीन पटक बोलाएर आफूहरु जानलागेको र तिमीहरु आफ्नो भूमि फिर्ता लिन चाहान्छौ भने दावी गर्नसक्छौ, समुन्द्रसम्म चाहिन्छ भने चटगाउँसम्मको बन्दरगाह दिन्छौं भन्दासमेत लिन नसकेको तितो अनुभव सुनाए ।अभियान्ता नेपालले बेलायतीहरुलाई भारतीय धपाएको दावी गलत हो भन्दै बेलायतले आफ्नो संसदबाट कानुन पास गरेर पाकिस्तान र भारतलाई स्वतन्त्र गरिदिएको हो भन्दै सोही आधारमा टिस्तादेखि सतलजसम्मको भूमि नेपालको भइसकेको जिकिर गरे । टिस्टादेखि सतलजसम्म नेपालीका पूर्खाको रगत बगेको र अहिले पनि त्यहाँको माटोमा रगतको गन्ध आउँछ भन्ने हिसावले आफूहरुले ग्रेटर नेपालको कुरा नउठाएको बताउँदै भारत स्वतन्त्र हुने क्रममा बेलायतले पास गरेको इण्डिया इण्डेपेन्डेन्ट एक्टमा भारत र पाकिस्तानमा जान नचाहने मुलुक स्वतन्त्र रहने छन् भनिएको, सँगैसँगै आफूहरु जस्तो अवस्थामा यस क्षेत्रमा आएको हो, त्यही अवस्थामा छोडेर जाँदैछौं भनेकाले पनि टिस्टादेखि सतलजसम्मको भूमि स्वाभाविकरुपमा नेपालको भइसकेको तर्क गरे ।फणिन्द्र नेपालले भारतमा रहेका नेपालीहरुले बेलायतीहरुलाई फिर्ता गराउन गरेको आन्दोलन भारतलाई स्वतन्त्र बनाउन नभई नेपाललाई स्वतन्त्र बनाउन गरेको हो र त्यो नेपाल भनेको टिस्टादेखि सतलजसम्मको हो भने । उनले नेपालको भूभाग गुम्ने क्रममा गरिएको भनिएको सुगौली सन्धीलाई समेत शान्ति सन्धी भनिनु गलत हो भन्दै यो बाउन्ड्री सन्धी भएको तर्क गरे ।नेपालले सन् १९५० को सन्धीको धारा ८ ले सुगौलीलगायतका सबै सन्धी खारेज गरेकाले विशाल नेपाल कायम भइसकेको दावी गरे । साथै, सन् १९५० को सन्धीको धारा १ ले नेपाल र भारतको टेरिटोरियल इन्ट्रिगिटीलाई स्वीकार गर्ने भनेकाले पनि टिस्तादेखि सतलजसम्मको भूमि नेपालको भइसकेको भन्दै उनले तर नेपालको शासकहरुले यो तथ्यलाई बुझेर पनि सुतेर बसेको बताए ।भारत स्वतन्त्र हुने क्रममा तुलसी मेयर भन्ने व्यक्तिलाई राणाहरुले महात्मा गान्धीलाई भेट्न पठाएको, त्यस क्रममा गान्धीले अँग्रेसहरु जान लागेकाले तिम्रो भूमि फिर्ता लैजाने भए लैजानु भनेको, सँगसँगै गान्धीले अँग्रेजलाई धपाउने नेपाली यही भएकाले उनीहरुले निरंकुश राणातन्त्रलाई पनि हटाउँछन् भनेपछि राणाहरुले बाँकी भूमि फिर्ता लिने आँट नगरेको तथ्य पनि सुनाए ।टिस्तादेखि सतलजसम्मको भूमि नेपालको हो भन्ने कुरा स्वयम नेपालीहरुले नै बुझ्न नसकेको उनको भनाई छ । नेपालले जबसम्म यस विषयमा नेपालीहरु नै जागरुप तब मात्रै भूमि फिर्ता गर्न सहज हुन्छ भन्दै केही इतिहासकारहरुले भारतको स्वार्थमा नेपालको यस इतिहासबारे गलत व्याख्या गरिरहेको बताए ।नेपालका शासकहरु भारतपरस्त हुँदा नेपालको ठूलो भूमिमा भारतले कब्जा जमाउँदै आएको भन्दै उनले यदि नेपालले दावी गर्यो भने टिस्टादेखि सतलजसम्मको भूमि फिर्ता गर्नुपर्छ भन्ने भारतीयहरुलाई पनि राम्रो ज्ञान रहेको, सोही कारण उनीहरुले नेपाललाई स्थिर बन्न नदिने, यहाँका नेता तथा शासकहरुलाई खेलाउने काम गर्दै आएको बताए ।इण्डियाको व्यवहार हेर्दा नाटकीयरुपमा ग्रेटर नेपाल हुने फणिन्द्र नेपालको दाबी छ । लिम्पियाधुरासम्मको नेपालको सानो भूमि आफ्नो नक्सामा राख्ने इण्डियाको व्यवहार ठिक होइन् भन्दै ढिलै भए पनि नेपालले सो क्षेत्रलाई मसेटेर नयाँ नक्सा जारी गर्नु सकारात्मक भएको बताए । कालापानी होइन्, अब नालापानी चाहिन्छ भनेर धेरै आवाज उठिसकेको भन्दै उनले नेपालीले आफ्नो भूमि एक दिन फिर्ता लिएरै छाड्ने दावी गरे ।भिडियोः

Advertisement

Advertisement