काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको रु. १ लाखको कोरोना बीमा

Advertisement

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवं मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । महासचिव झाले उपत्यका प्रदेशअन्तर्गतका जिल्लामा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि क्लबले प्रतिव्यक्ति रु ६०० का दरले ११९ जनाको बीमा शुल्क तिर्न सहयोग गरेको जानकारी दिए ।

उक्त बीमाअनुसार कुनै पत्रकार कोभिड–१९ बाट सङ्क्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । यसअघि कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्षसमेत रहनुभएका महासचिव झाले बीमा कार्यक्रम घोषणा गरेका थिए ।

यसैगरी दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार बीमा गर्ने सम्बन्धि आवश्यक तयारी भइसकेको छ । यसका लागि नामावली सङ्कलन गर्न आह्वान गर्ने तयारी भइरहेको क्लबले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement