‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’योजनामा १० ग्राहकलाई एक-एक लाख नगद उपहार

Advertisement

काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’योजनाअन्तर्गत गत चैत्र ७ गतेदेखि जेठ ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।

यस योजनाअनुसार शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेश च्यानल नं. १०० बाट प्रत्यक्षरुपमा गोलाप्रथाको प्रसारण गरिएको कम्पनीले जनाएको छ । योजना अनुसार १० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपियाँ नगद प्राप्त गरेका छन् । गोलाप्रथाबाट डिशहोमको सेटअप बक्सको क्यास आईडी नं. ७१९१३३००७९५, ०२५१९२२९२३४, ७१९०३३९३८००, ०२५५८११४७०९, ७१९१२४०१५११, ७१९०७४७९५०६, ७१९१३३५०९६४, ७१९०८१६६५७३, ७१९०५८५१५८१ र ०२५१९२४५७५२ लाई बिजेता घोषणा गरिएको छ ।

आउने प्रत्यक्ष गोलाप्रथा जेठ १६ गते सोही च्यानलबाट प्रसारण गरिने कम्पनीले जानकारी दिएको छ । बार्षिकरुपमा अग्रिम रिचार्ज गर्न ग्राहकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित योजनामा यसअघि पनि बिजेता घोषित गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement