पाचनसम्बन्धी समस्या छ ? यो हो घरेलु उपचार विधि

Advertisement

खानपान र जीवनशैलीले मानिसलाई पाचन सम्बन्धी समस्याले सताउने गर्छ । जब शरीरमा अपाच हुन्छ तब विभिन्न किसमका रोगहरुको संक्रमण हुन थाल्छ । पाचन प्रणाली कमजोर भएपछि कब्जियत, अपच, झाडापखाला र बान्ता इत्यादि । यस्ता समस्या देखिएमा घरेलु विधिबाट पनि उपचार गर्न सकिन्छ । कसरी घरेलु विधिबाट उपचार गर्ने यस विषयमा केही टिप्सः

अपच हुँदा के गर्ने ?
एक गिलास तातो पानीमा एक चिम्टी हिंग र विरे नुन मिलाएर दिनमा तीन पटक पिउने । एक कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने। छानेर मह मिसाएर पिउने । एक गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र ए चिम्टी नुन मिसाएर पिउने ।

झाडापखला
पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्ने । अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर खाने । दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीको दाना र जिरा मिसाएर सेवन गर्ने ।

बान्ता
एक चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने । एक एक चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने । ल्वाङको टुक्रा मुखमा राखेर चपाउने । वा एक कप पानीमा तीन चारवटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने ।

कब्जियत
दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्ने । प्रत्येक दिनआधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर खाने । आधा ग्लास पालुंगो रसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउने ।

एसीडीटी
तुलसीको केही पत्ता राम्ररी पखाल्ने र बिस्तारै चपाउने । एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउने । एक कप पानीमा तीन वटा सुकुमेलको धुलो मिसाएर उमाल्ने, मनतातो बनाएर पिउने ।

Advertisement

Advertisement

Advertisement