सिटी एक्सप्रेस मनी ट्रान्सफरले गरायो सबै कर्मचारीको कोरोना बीमा

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ । यस्तो विषम परिस्थितिमा विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड १९ सम्बन्धी सुरक्षण विधि अपनाएर दैनिक कार्यमा खटिरहेको कम्पनीले जनाएको छ । त्यसैलाई ध्यानमा राखेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको हो ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विपे्रषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ ।
यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जानएको छ ।

Advertisement

Advertisement

Advertisement