महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको गरायो कोरोनो बीमा

Advertisement

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सबै कर्मचारीको कोरोना बीमा गराइएको छ ।

यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा÷उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबै कर्मचारीको बीमा गराइएको सीईओ रमेशकुमार भट्टराईले जानएका छन् ।

कम्पनीले देशभरीका ६० शाखा÷उपशाखा अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरुको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबाट रु. १ लाखको बीमा गराएको विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement

Advertisement

Advertisement