कोरोना संक्रमितको संख्या छ सय नाघ्यो, नुवाकोटसहित ४२ वटा जिल्लामा फैलियो संक्रमण

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या छ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको संख्या ६०३ पुगेको बताए ।

उनले नुवाकोटसहित देशका ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी दिए । नुवाकोटमा एक जनालाई पहिलो पटक कोरोना संक्रमण देखिएको हो । आइतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संख्या छ सय नाघेको हो ।

देवकोटाले संक्रमित हुनेमा मोरङका एकजना ,बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना र काठमाडौंका एकजनामा संक्रमण देखिएको बताए ।

त्यसैगरी नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजना र गुल्मीका एकजनामा संक्रमण देखिएको छ । आजसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढि निको भएर फर्किएका छन् ।

Advertisement

Advertisement

Advertisement