नुवाकोटका कोरोना संक्रमितलाई लिन सरकार नगएपछि मोटरसाइकलमै काठमाडौं आउने तयारी

Advertisement

काठमाडौं । कोरिना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका नुवाकोटको ककनी ३ का ३८ बर्षीय कोरोना संक्रमितलाई लिन सम्वन्धित सरकारी निकाय नगएपछि मोटरसाइकलमै ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेो पुष्टि गरेको थियो । पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका उनलाई लिन प्रहरी प्रशासनका मानिस तथा स्वास्थ्य प्राविधिकहरु पठाउनुपर्नेमा आज अबेरसम्म नआएकाले उनको परिवारले जानकारी दियो ।

पटक पटक सम्पर्क गर्दा पनि संक्रमितलाई अस्पताल लगेर क्वारेन्टाइनमा राख्न आग्रह गर्दा पनि बेवास्ता गरिएकाले मोटरसाइकलमै अस्पताल लैजाने तयारी गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement