पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित नोटहरुमाथि प्रतिबन्ध लगाइयो

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका तस्वीरहरु अंकित नोटहरुमाथि प्रतिबन्ध लागेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सर्कुलर पठाउँदै पूर्वराजा शाहका तस्वीर रहेका नोटहरु नचलाउन भनेको हो ।

राष्ट्र बैंकले त्यस्ता नोटहरु संकलन गरेर नेपाल राष्ट्र बैंकमा उपलब्ध गराउन निर्देशन दिएको छ । पूराना नोट विस्थापित गरी नयाँ र सफा नोट प्रचलनमा ल्याउन भन्दै राष्ट्र बैंकले यस्तो सर्कुलर गरेको हो ।

सर्कुलर अनुसार गलेका, च्यातिएका, मक्किएका, झुत्रे नोट, भिजेका, छपाई बिग्रेका नोटहरु पनि प्रयोग नगर्न भनिएको छ । राष्ट्र बैंकले एटिएमहरुमा नयाँ रकम राख्नुअघि अनिवार्य रुपमा ‘डिस इन्फेक्ट’ गर्न पनि निर्देशन दिएको छ ।

Advertisement

Advertisement

Advertisement