भीमार्जुनको प्रश्न- यो बेला पूर्वराजाको तस्वीर अंकित नोट प्रतिवन्ध गर्नुको उद्देश्य के हो ?

Advertisement

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले अहिलेको विषम परिस्थितिमा पूर्वराजा ज्ञानेन्द्र शाहका तस्वीर अंकित नोटहरुमाथि प्रतिवन्ध लगाउनुको पछाडि खेल रहेको हुनसक्ने आशंका गरेका छन् ।

राष्ट्र बैंकले यस्ता नोटहरुमाथि प्रतिवन्ध गराउने निर्णय गर्दै आइतबार बैंक वित्तीय संस्थाहरुलाई कारोबार नगर्न परिपत्र गरेको थियो । उक्त समाचार बाहिरिएपछि डा. आचार्यले लेखेका छन्, 'पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन ? आखिर यस्ता नोटहरुलाई यही समयमा निषेध गर्नु पर्ने टड्कारो के थियो ?'

उनले थपेका छन्, 'यो पक्का हो यो मुलुकमा एउटा यस्तो तप्का छ जसले कहिल्यै देशको एकता र अखण्डता चाहदैन।' राष्ट्र बैंकका नयाँ गर्भनर महाप्रसाद अधिकारीले आफ्नो हस्ताक्षर अंकित नोटहरु चीनलाई छपाउन दिएका छन् । पूराना नोटको प्रचलन रोक्न र नयाँ नोटको मात्रै कारोबार गर्न भन्दै पूर्वराजाको तस्वीर अंकित नोटहरुमाथि प्रतिवन्ध लगाएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement