कोरोना भेटिएको नुवाकोटको गाउँमा न केन्द्र सरकार पुग्न न स्थानीय, गाउँले त्रसित अवस्थामा

Advertisement

काठमाडौं । कोरोना संक्रमित फेला परेको नुवाकोटलाई केन्द्र सरकारदेखि स्थानीय निकायसम्मले बेवास्ता गरेका छन् । संक्रमित भेटिएको ककनी गाउँपालिका वडा नं. ३ का स्थानीय अहिले त्रसित अवस्थामा छन् ।

संक्रमित फेला पर्दासम्म प्रहरी प्रशासन र स्वास्थ्यकर्मीहरु एम्बुलेन्स लिएर नआएपछि आइतबार संक्रमित आफै मोटरसाइकल लिएर टेकुस्थित सरुवा रोग अस्पताल आएका थिए । संक्रमणअघि उनको झण्ड सय जनासँग भेटघाट भएकोले अन्यलाई पनि कोरोना संक्रमण भएको हुनसक्ने स्थानीयको चिन्ता छ ।

संक्रमित भेटिएपछि सो क्षेत्रलाई सिल गरेर उनको परिवार र उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्नेमा कुनै चासो नदिइएको एक स्थानीयले गुनासो गरे । उनी भन्छन्, ‘केन्द्रले त गरेन गरेन, गाउँपालिकाले त चासो दिएर जोखिमपूर्ण क्षेत्रलाई सिल गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने थियो, यिनीहरु नै बेवास्ता गर्दै चुपचाप बसेका छन् ।

Advertisement

Advertisement

Advertisement