भारी बोकेर पेट पाल्दैआएका वृद्धको खान नपाएर मृत्यु, प्रम ओली भन्थे- भोकले कोही मर्नुपर्दैन

Advertisement

काठमाडौं । किर्तिपुरमा भारी बोकेर पेट पाल्दै आएका एक वृद्धको खान नपाएर ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त किर्तिपुरले उनको खान नपाएर मृत्यु भएको स्वीकार गरेको छ । किर्तिपुर प्रहरी प्रमुख छेदीलालत कमाती भन्छन् स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या देखिएन् । खानै नपाएर ज्यान गएको त होला ।

कीर्तिपुर १० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडक पेटीमा मृत भेटिएका उनी लकडाउनअघि भारी बोकेर पेट पाल्दै आएका थिए । तर लकडाउनपछि उनले कुनै काम पाउन सकेका थिएनन् । हातमा नाम्लोसहित सडक पेटीमा मृत अवस्थामा भेटिएका वृद्ध सडक पेटीमै रात काट्ने गर्थे । आफन्तविहीन उनी केही दिनदेखि अर्काले दिएको खानेकुरा खाएर पेट धान्दै आएका थिए ।

मृत भेटिएका ती वृद्ध धादिङका सूर्यबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । मृत्युपछि प्रहरीले मुचुल्का तयार गरी उनको शब परीक्षका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । परीक्षणमा कोरोना संक्रमण वा अन्य कुनै स्वास्थ्य समस्या नदेखिएकोले भन्दै किर्तिपुर प्रहरीले भोकले नै उनको ज्यान गएको हुनसक्ने लकडल गरेको छ ।

्रधानमन्त्री केपी ओलीले अब कसैले पनि खान नपाएर मर्नु नपर्ने बताउँदै आएका थिए । तर वृद्ध तामाङको मृत्युले उनको भनाईलाई चुनौति दिएको छ । भरिया काम गर्दै आएका ती वृद्ध सडक पेटीमा लडिरहेको देखेपछि स्थानीयले आइतबार प्रहरीलाई खबर गरेका थिए । कम्युनिष्ट पार्टीको अहिलेको सरकार आफूलाई गरिव मजदुर र किसानको पार्टी बताउने गर्छ ।

यस विषयमा प्रहरी प्रवक्त निरज शाही र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सुशील यादवलाई सोध्दा यस विषयमा आफूहरुलाई जानकारी नभएको र बुझेर बताउने कर्पोरेट नेपाललाई बताए ।

Advertisement

Advertisement

Advertisement