बीमा कम्पनीले कर्मचारीलाई जागिरबाट निकाल्न पाउँदैनन्- अध्यक्ष चापागाई

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमा कम्पनीहरुले एक जना पनि कर्मचारीलाई जागिरबाट निकाल्न नपाउने स्पष्ट पारेका छन् । यदि कुनै कम्पनीले कसैलाई जागिरबाट निकालेको भएमा समितिमा उजुरी गर्न पनि उनले आव्हान गरेका छन् । ‘कोरोनाले जनजीवन अस्तव्यस्त भएका बेला कर्मचारीलाई जागिरबाट निकाल्न पाइँदैन्, कसैले निकालेका छन् भने उजुरी गर्नुस् हामी कारवाही गर्छाै’, अध्यक्ष चापागाईँले कर्पाेरेट नेपालसँग भने ।

करार वा परिक्षण अवधीमा रहेका कर्मचारीलाई समेत कम्पनीहरुलाई निकाल्न नपाउने उनले स्पष्ट पारेका छन् । ‘यो अवस्थामा कुनै पनि कर्मचारीलाई घर पठाउन पाइँदैन्, करार वा परिक्षण कालमा रहेका कर्मचारी नै भए पनि म्याद अवधी रहँदासम्म निकाल्न पाइँदैन’, अध्यक्ष चापागाईँले भने ।

आफुले बीमा कम्पनीहरुलाई खर्च कटौती गर्न भनेको तर कर्मचारीलाई निकाल्न नभएको पनि स्पष्ट पारे । उनले बीमा कम्पनीहरुले सिइओहरुको तबल घटाएर कर्च कटौतीको अभियान थााल्नुपर्नेमा पनि जोड दिए । तल्लो तहका कर्मचारीलाई जागिरबाट निकाल्ने कुरा आफुलाई स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement