विदेशमा रहेका नेपालीको उद्धार गर्ने प्रधानमन्त्रीको घोषणा

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्ने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विश्वका जुनसुकै देशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने व्यवस्था मिलाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने नागरिकलाई प्राथमिकताका आधारमा ल्याउने स्पष्ट पारेका हुन् । विश्वका जुनसुकै देशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने चाहेको अवस्थामा प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था मिलाउने उनले बताएका हुन् । त्यसका लागि केहि दिनभित्रै बिशेष कार्यक्रम घोषणा हुने पनि उनले बताए ।

Advertisement

Advertisement

Advertisement