विद्यालयहरुको पठनपाठन सुरु हुँदै, भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय

Advertisement

काठमाडौं । अब सबै विद्यालयहरुले नयाँ शैक्षिक सत्रको भर्चुल क्लास सञ्चालन गराउने भएका छन् । सरकारले नै नयाँ शैक्षिक सत्रको पठपाठन भर्चुअल प्रणालीबाट अघि बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले त्यस्तो भर्चुअल क्लास आरम्भ गर्ने सम्बन्धी काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अघि बढाईसकेको पनि बताए । उनले तत्कालै एसइई परिक्षा सञ्चालन गर्ने अवस्था नरहेको पनि बताएका छन् ।

हालसम्म विद्यालयहरुले आफै भर्चुल कक्षा सञ्चालन गर्दै आएका थिए । अब भने सरकारले नै सबै विद्यालयहरुलाई भर्चुअल बिधिबाटै नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गर्न निर्देशन दिने भएको हो ।

Advertisement

Advertisement

Advertisement