‘दर्जनौं मन्त्री, सयौं साँसद यो मुलुकले अब धान्न सक्दैन, फजुल खर्चका सबै संरचना बन्द गर्नुपर्छ’

,   १३ जेष्ठ २०७७, मंगलवार, ०१:१७ pm   
bal_krishna_neupane

काठमाडौं । नेपालका लागि नेपाली अभियानका अभियान्ता बालकृष्ण नेउपानेले कोरोना महामारी र लकडाउनका कारण मुलुकको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै प्रदेशहरुको खारेजीदेखि नेताले चढ्ने २० लाख भन्दा महंगा गाडि लिलामीको प्रस्ताव अघि सारेका छन् । राष्ट्रपतिको समेत २० लाखभन्दा बढिको गाडि चढ्ने हैसियत नभएको नेउपानेले बताए ।

उनले एक अनलाइन च्यानलसँग कुरा गर्दै भने, ‘अब यी फजुल खर्चका संरचना सबै बन्द गर्नुपर्छ । अब १० जनाको मात्रै मन्त्रिमण्डल, यो देशमा अहिले सय जनाभन्दा बढि मन्त्री छन् । त्यसलाई १० जनामा झार्नुपर्छ । प्रदेश त कामै छैन् । त्यसलाइ खारेज गर्नुपर्छ ।’

अहिले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी देशमा ८८४ जना निर्वाचित सांसद हुने व्यवस्था छ भने केन्द्र र प्रदेशमा गरी १३५ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ । साथै, नेउपानेले स्थानीय निकायकाहरुलाई पनि तलब भत्ता बन्द गर्नुपर्ने बताए । समाज सेवा गर्न आएका व्यक्तिले तलव भत्ता लिन नमिल्ने उनको तर्क छ ।

aecc

हरेक नेपालीको शिरमा ४५ हजार रुपियाँको ऋण पुगेको भन्दै नेउपानेले देशलाई आर्थिक संकटबाट बचाउन फजुल खर्च कटौतीमा नगई उपाय नरहेको बताए । उनले पञ्चायत कालदेखि अहिलेसम्मका राजनीतिज्ञ र उच्च ओहोदाका सबै व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छ भन्दै यस्तो गर्न सकियो भने नेपाललाई १० बर्षलाई बजेट बनाउन पुग्ने पैसा आउँछ भने ।

एउटा मन्त्रीले सात वटा गाडि चढेर यो देश कसरी चल्छ ? भन्दै अभियान्ता नेउपानेले कोरोनाले मारमा परेका जनतालाई कर बढाएर थप मार पार्न नहुने बताए । कर बढाइए जनता खुकुरी लिएर प्रतिरोधमा निस्कने उनको दावी छ । नेउपानेले लकडाउनका नाममा काम गर्न पनि नदिने, सडकमा निस्किन पनि नदिने, कर बढाउने कुरा गलत हो भन्दै अमेरिकामा दुई बर्षदेखि एउटै संविधानले चल्ने, नेपालमा चाहीं किन पाँच वटा संविधान फेरियो ? भनी प्रश्न गरे ।

थप कुराकानी भिडियोमाः