काठमाडौँ उपत्यकाका तीनै जिल्लाका काँठ क्षेत्रमा ‘काँठ चक्रपथ’ निर्माण गरिने

Advertisement

काठमाडौँ । बागमती प्रदेश सरकारले काठमाडौा उपत्यकाका तीनै जिल्लाका काँठ क्षेत्रमा हाल सञ्‍चालनमा रहेका सडकहरुलाई स्तरोन्‍नती गरी काँठ चक्रपथको रुपमा विकास गर्ने भएको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज प्रस्तुत गरेको बाममती प्रदेश सरकारको आव २०७७÷७८ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।

१०४ वर्ष अगाडि बनेको दक्षिण एशियाकै पहिलो मानव निर्मित चुरियामाई सुरुङलाई प्रदेशको ऐतिहासिक सम्पदाको रूपमा संरक्षण गरी अध्ययन केन्द्रको रूपमा विकास गरिने र ऐतिहासिक हेटौँडा–काठमाडौँ रज्जु मार्ग (रोप–वे) लाई लगानी बोर्डबाट भएको अध्ययनका आधारमा सार्वजनिक–निजी साझेदारी कार्यक्रममार्फत पर्यटकीय यात्रा मार्गको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement