बागमती प्रदेश सरकारले प्रदेश यातायात निगम स्थापना गरी विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने

Advertisement

काठमाडौँ । बागमति प्रदेश सरकारले प्रदेशभित्र किफायती, सुरक्षित, भरपर्दो र वातावरण मैत्री यातायात सञ्‍चालनका लागि प्रदेश यातायात निगम लिमिटेड स्थापना गरी सञ्‍चालन गर्ने भएको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज प्रस्तुत गरेको बाममती प्रदेश सरकारको आव २०७७/७८ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित बनाउन सम्पूर्ण सवारी साधनहरूको विवरण डिजिटाइजेसन गर्ने तथा अनलाइनमार्फत सेवा प्रदान गर्ने एवम् सवारी चालक अनुमति पत्रको छपाई र वितरणको वैज्ञानिक प्रणाली अवलम्बन गरी सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राही मैत्री बनाइने छ ।

प्रदेश राजधानीभित्र छरिएर रहेका अटो मेकानिकल वर्कसपलाई व्यवस्थित गर्न अटो भिलेज स्थापना गर्ने कामको विस्तृत आयोजना प्रतिवेदनबमोजिम भिलेज तयार गर्न आगामी दुई वर्षभित्र सम्पूर्ण अटो मेकानिकल वर्कसपलाई अटो भिलेजमा स्थानान्तरण गरिने छ । साथै प्रदेश भित्रका जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा समेत अटोभिलेज स्थापना गर्ने नीति लिइने बागमती प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement