पचास रुपियाँमा पाइन्छ कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा

Advertisement

काठमाडौं । नापी विभागले नयाँ नक्सा ५० रुपैँयमा बेच्ने भएको छ । विभागले सार्वजनिक सूचना प्रकाशित गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा ५० रुपैँया तिरेर विभागबाटै खरिद गर्न सकिने जनाएको हो ।

सरकारले जेठ ५ गते कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो भने ७ गते भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा गरी गरेकी थिइन् । सरकारले सम्पूर्ण सरकारी दस्तावेज र पाठ्य पुस्तकहरुमा नयाँ नक्सा प्रयोग गर्न निर्देशन दिईसकेको छ ।

नयाँ नक्सा जारी भएसँगै नेपालको क्षेत्रफल ३३५ वर्ग किलोमिटरले बढेको छ । यस अघि १४७१८१ वर्ग किलोमिटर रहेको नेपालको क्षेत्रफल अब १,४७, ५१६ वर्ग किलोमिटर हुने बताइन्छ । यद्यपी नापी विभागले भने नयाँ नक्सा अनुसार कति क्षेत्रफल बढेको हो भन्नेबारे एकिन गरिनसकेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement