यी हुन धेरै नाफा कमाउने पाँच सरकारी संस्थान

Advertisement

काठमाडौं । सरकारका ४४ वटा सार्वजनिक संस्थान मध्ये २६ वटा मात्रै नाफामा छन् । तिमध्ये पनि ५ वटाले भने टन्नै नाफा आर्जन गरिरहेका छन् । त्यसरी धेरै नाफा गर्ने सरकारी संस्थानहरुमा नेपाल विद्युत प्राधिकरण सबै भन्दा अगाडी छ । प्राधिकरणले आर्थिक वर्ष २०७५।७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा गरेको छ । यद्यपी प्राधिकरण अझै १२ अर्ब २३ करोड ३९ लाख रुपैयाँ सञ्चित नोक्सानीमै रहेको छ ।

दोश्रो नम्बरमा रहेको नेपाल दुर सञ्चार कम्पनीले ९ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । टेलिकमको सञ्चित कोषमा ४८ अर्ब ५३ करोड ३ लाख रुपैयाँ रहेको छ । धेरै नाफा गर्ने तेश्रो संस्थानका रुपमा नेपाल आयल निगम परेको छ । निगमले गत वर्ष ८ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ नाफा गरेको देखिन्छ । निगमको सञ्चित कोषको आकार ११ अर्ब ९३ करोड १ लाख रुपैयाँ छ ।

संस्थानहरुको सूचिमा राष्ट्रिय बाणिज्य बैंक चौथो नम्बरमा रहेको छ । बैंकले गत आवमा ५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको देखिन्छ । बैंकको सञ्चित कोषमा एक अर्ब ३९ करोड ४५ लाख रुपैयाँ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण पनि धेरै नाफा कमाउने संस्थानहरुको सूचिमा पाँचौं नम्बरमा रहेको छ । प्राधिकरणले गत वर्ष ४ अर्ब ३१ करोड ५ लाख रुपैयाँ नाफा गरेको थियो । प्राधिकरणको सञ्चित कोषमा १६ अर्ब ६ करोेड ९४ लाख रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement