आइएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रबद्र्धनमा सघाउने

Advertisement

काठमाडौं । विश्व बैंक अन्तर्गतको आइएफसीले कोरोना भाइरस (कोभिड १९)बाट शिथिल नेपालको निजी क्षेत्रलाई गतिशील बनाउन सहयोग गर्ने बताएको छ । नेपाल आर्थिक पत्रकार समाजले गरेको वेबिनारमा आइएफसीको नेपाल, ब¨लादेश र भुटानका लागि कन्ट्र्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् ।

यस्तो अवस्थामा नीजि क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताएकी छिन् । कोभिडको शुरुवातबाट नै नेपालको पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै उनले यसको असर भविष्यमा पनि केही समय रहिरहने बताइन् । उनको भनाइमा आइएफसीले अन्तर्राष्ट्र्यिस्तरमा निजी क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको छ ।

नेपालमा निजी क्षेत्रको इक्विटि लगानीकर्ताका रुपमा मात्र नभई बृहत्तररुपमा सहयोगीको भूमिका खेल्ने वर्नरले बताईन् । आइएफसीले विश्वव्यापीरुपमा कोभिडबाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको उनले बताइन् । यसबाट तीन सय संघ संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको जनाइएको छ ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ । यस वर्ष साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले बताइन् । कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

यस वर्षको अन्तिमसम्म आइएफसीको नेपालमा लगानी शुन्य दशमलव ५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने पनि वर्नरले जनाएकी छिन् । सन् २०२३ सम्ममा आइएफसीले नेपालका नीजि क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement