नबिल बैंकले पीसीआर मेसिन किन्न कर्णाली प्रदेश सरकारलाई दियो २८ लाख २५ हजार

Advertisement

काठमाडौँ । नबिल बैंकले कर्णाली प्रदेश अस्पताललाई पीसीआर मेसिन खरिद गर्न २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलिन नदिन एवम् सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई उक्त आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

आधुनिक एवम् उच्च क्षमताको मेसिनबाट छिटो र उच्च परिमाणमा कोरोना परीक्षण गर्न सहयोग भई पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको सीईओ अनिल केशरी शाहले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement