एकैदिन थपिए ११४ जना कोरोना संक्रमित, कुन जिल्लाका कति ?

Advertisement

काठमाडौँ । नेपालमा आज एकैदिन ११४ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।

पछिल्लो केश थपिएसँगै नेपालमा कूल कोरोना सङ्क्रमित ८८६ पुगेको छन् । यी मध्ये ६९९ जनाको उपचार भइरहेको, १८३ जना निको भएको र ४ जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।

मन्त्रालयका अनुसार आज थपिएका नयाँ सङ्क्रमितहरू रौतहटका ३६ जना, झापाका १७ जना, बाँकेका १६ जना, दाङका १५ जना सप्तरीका ११ जना, बाराका ७ जना, बाग्लुङका ६ जना, रुकुम पूर्वका २ जना, सिरहाका २ जना र मकवानपुरका १ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमण पुष्टी हुनेमा प्रदेश नं १ मा १०३ जना, प्रदेश नं २ मा ३२४ जना, वागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश नं ५ मा ३६५ जना, कर्णाली प्रदेशमा २५ जना र सुदुरपश्चिम प्रदेशमा १७ जना रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

Advertisement

Advertisement

Advertisement