काठमाडौँ । बीमा समितिले लकडाउन अवधिभर अनलाइनबाटै बीमालेख जारी गर्न सक्ने नयाँ व्यवस्था गरेको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इजाजत प्राप्त सबै जीवन बीमा कम्पनीनहरुलाई अनलाइन बीमालेख जारी गर्ने सम्बन्धी कार्यबिधि सम्बन्धमा आज नयाँ निर्देशन जारी गरेका हुन् ।
बीमालेख अनलाइन बिधिबाट जारी गर्दा नन मेडिकल लिमिट भित्रका बीमालेखहरु समितिबाट जारी गरिएको लघु बीमा निर्देशिका अन्तरगत रु. ३ लाख बीमाङ्कको अधिकतम हदसम्म मात्र गर्न सकिने, बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहकको पहिचान फारम, फोटो लगाउत अन्य जानकारी समेत लिने व्यवस्था गर्ने, बीमालेख अन्तरगतको बीमा शुल्क विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल बैंकिङ तथा अनलाइन सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने आज जारी निर्देशनमा उल्लेख छ ।