डिशहोमको सिनेमाघरमा भोलिदेखि ‘इन्टु मिन्टु लण्डनमा’

Advertisement

काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिसहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा शुक्रबारदेखि ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म प्रसारण सुरु हुने भएको छ । यसअघि मारुनी चलचित्र प्रसारण गर्दै आएको कम्पनीले भोलिबाट ‘इन्टु मिन्टु लण्डन’मा सुरु गर्न लागेको हो ।

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण घरमै बस्न बाध्य रहेका दर्शकहरुलाई दृष्टिगत गर्दै डिशहोमले आफ्नो सिनेमाघरमा विभिन्न चलचित्रहरु प्रसारण गर्दै आएको छ । ‘इन्टु मिन्टु लण्डनमा’ हेर्न ३२५ शुल्क तिर्नुपर्ने हुन्छ ।

धिरज मगर, साम्रज्ञी शाह, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठलगायतको अभिनय रहेको यो चलचित्र रेनाशा वान्तवा राईको कथा र रेनाशा र प्रज्वल राणाको निर्देशन गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement