'बरु पीपीई लगाएर काम गरिन्छ, जेठ २० पछि अफिस गइन्छ, तर अब 'लकडाउन' स्वीकारिन्न'

Advertisement

काठमाडौं । एक व्यवसायीले जेठ २० पछि पनि लकडाउन कायम रहे त्यसलाई स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत लकडाउनका कारण आफूलाई परेको अप्ठ्यारो उजागर गर्दै जेठ २० पछि पनि लकडाउन पालना गर्न आफू असमर्थ रहेको बताएका हुन् ।

धेरै उद्योगी व्यवसायीले लकडाउन लम्ब्याउँदा कोरोना भाइरस (कोभिड १९)का कारण नभई भोकमरीका कारण हजारौंको ज्यान जानसक्ने चेतावनी दिइरहेको बेला नाडा अटोमोवाइल डिलर्स एशोसियशनका सचिवसमेत रहेका बरालले लकडाउन अझै लम्ब्याउनु मुलुकका लागि घातक हुने संकेत गरेका छन् । उनको प्रतिक्रियामा अहिलेको संकटबाट रोजगारीको अवसर गुमाउनुहुन्न भन्ने आशय पनि देखिन्छ ।

बराल भन्छन्– सहमत हुनेले आउनुस लकडाउन खोलौं, अभियान सुरु गरौं। बाँच्न चाहने आफै सामाजिक दुरीमा बस्छन, आफै सुरक्षित हुन्छन। २० गतेपछि लकडाउनमा बसिन्न। ध्वस्त हुने भएको भए हाम्रा तरकारी व्यावसायी, कृषि व्यावसायी, दूध व्यवसायी, खाद्यान व्यवसायीहरु उहिले नै कोरोना शिकार भइसक्थे । सुरक्षित हुने हो,काम गर्ने हो । सधै यसरी बसेर खान नेतालाई मात्र पुग्छ । नागरिकलाई पुग्दैन। पीपीई लगाएर काम गरिन्छ तर अफिस गइन्छ ।

Advertisement

Advertisement

Advertisement